नाट्टाको नेतृत्वका लागी बस्नेत र थापा प्यानल सहित प्रतिस्पर्धामा

A notice in Nepali from Mechinagar Ward No. 10

ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटटा) को आगामी चैत्र १७ गते हुने निर्वाचनका लागी वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष विनय बस्नेत र वर्तमान कार्यसमितिका उपाध्यक्ष रमेश थापा प्यानल सहित प्रतिस्पर्धामा छन । आगामी चैत्र १७ गते हुने नाट्टाको ५५ औ वार्षिक साधरणसभा र निर्वाचनले आगामी दुई वर्षका लागी नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष पदका उम्मेदवार विनय बस्नेत समुहको वरिष्ठ उपाध्यक्षमा सुधीर कुमार उपाध्याय, उपाध्यक्षमा सुनील शर्मा, महासचिवमा जिस्वा तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह–कोषाध्यक्षमा गीता ढकाल रहेका छन । त्यस्तै सद्स्य पदका उम्मेद्वारहरुमा बिष्णु पाण्डे,सन्तोष गुरुङ, सुदर्शन पौडेल, सुमन श्रेष्ठ,चुडा बहादुर जिम्वा, साधुराम थापा ( सुरज), दिनेश मैनाली र राज कुमार पाठक रहेका छन ।

त्यस्तै अध्यक्ष पदका उम्मेद्वार रमेश थापा समुहको वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सह–कोषाध्यक्षमा राजा शाक्य रहेका छन । त्यस्तै सदस्य पदका उम्मेद्वारहरुमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, राम शोभित नायक, डेन्डी शेर्पा, महेश कोईराला (दीपक), श्रद्धा जोशी र सवला भण्डारी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.