विश्वकपका नाममा खल्ती र इसेवाबाट ग्राहकलाई सास्ती

६ मंसिर, मेचीनगर : इसेवा र खल्तीबाट विश्वकप फूटबल हेर्न रकम भूक्तानी गरेपनि च्यानल नखुलेर दर्शकहरुलाई हैरान पारेको छ । तीन दिन अघि खल्ती मार्फत ५ सय ६५ रुपैयाँ भूक्तानी रकम कट्टी भएको तर च्यानल आज सम्म पनि नखुलेको मेचीनगर ६ का डिसहोमको ग्राहक दुर्गाबहादुर लुइटेलले बताउनु भयो । यस विषयमा डिसहोम ग्राहक सम्पर्क केन्द्रमा फोन गर्दा करिब ३ घण्टा कल गरेपछि बल्ल बल्ल फोन उठाएर यो त खल्तीको समस्या हो हाम्रोमा रकम प्राप्त नभएको भनेर जानकारी गइएको थियो ।

यता खल्तीको ग्राहक सम्पर्क केन्द्रले पनि हत्तपत्त फोन नउठाएर ग्राहकलाई दुःख दिइरहेको छ । आज कयौ पटकको प्रयास पछि खल्तीको नम्बरमा फोन उठेको र ‘हामीले तपाईंको च्यानल खुलाउन प्रयास गरिरहेका छौ एक छिन कुर्नुहोस्’ भन्ने जवाफ आएको थियो । करिब ३ घण्टा सम्म पनि च्यानल नखुले पछि फेरि सम्पर्क गर्दा साँझ सम्म च्यानल खुल्ले जानकारी गराइएको थियो तर पनि च्यानल नखुलेको वहाँले बताउनु भयो।
त्यस पछि मैले आफ्नो रकम फिर्ता गर्न ग्राहक सेवा प्रतिनिधि माग गर्दा पैसा फिर्ता हुने कुरा थाहा भएन तर च्यानल खुलाउन प्रयास भइरहेको भन्ने जवाफ आयो ।
त्यस पछि फेरि आफूले इसेवा बाट ५ सय ६५ भूक्तानी गरेको र वालेटबाट रकम पनि कट्टी भयो तर विश्वकप हेर्न मिल्ने हिमालय टिभीको प्रिमियम च्यानल हाल सम्म नखुलेको लुइटेलले बताउनु भयो ।
विश्वकपको नामबाट ग्राहक र दर्शकलाई ठग्ने कार्य खल्ती र इसेवाबाट भइरहेको छ । सम्पर्क गर्न खोज्दा घण्टौ सम्म लाइन बिजी हुने र बल्ल बल्ल कल लाग्दा पनि फोन नउठाउने समस्याले ग्राहकहरु प्रत्यक्ष मारमा परेका छन् ।

Exit mobile version