तीन दिनमा सेयर लगानीकर्ताको सम्पत्ति ६२ अर्बले गुम्यो

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : लगातार तेस्रो दिनपनि नेप्से परिसूचक घटेको छ। सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको हो। यस तीन दिनमा नेप्से परिसूचक ५५.७२ अंकले घटेको छ।

यससँगै तीन दिनमा लगानीकर्ताको सम्पत्ति ६२ अर्बले ह्रास आएको छ। आइतबार ३० खर्ब ९३ अर्ब कुल बजार पुँजीकरण रहेकोमा बुधबार ३० खर्ब ३१ अर्बमा सीमित रहेको छ।

बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ पुगेको छ। यस दिन २६९ वटा धितोपत्रको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच भएको हो।

बुधबार सनराइज फोकस्ड इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ४ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ ३२ रुपैयाँ पुगेको छ। यस्तै, बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २२६ रुपैयाँ ७० पैसा कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा माउन्टेन हाइड्रो नेपाल रहेको छ। उक्त कम्पनीको मूल्य ८.०६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १९४ रुपैयाँमा सीमित भएको छ। यस्तै, स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८.०३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ ८० पैसामा झरेको छ। बुधबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९६९ रुपैयाँमा ८ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३२ रुपैयाँमा ७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशतले घटेको छ। यस्तै, वित्त समूहको परिसूचक १.३५ प्रतिशत र अन्य समूहको परिसूचक १.२६ प्रतिशतले घटेको छ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.