चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या छैन : मुख्यमन्त्री राई

A notice in Nepali from Mechinagar Ward No. 10

९ साउन, विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन्।

बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन्।

उनले प्रदेश स्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड बनाएर पारदर्शी ढङ्गले गर्न निर्देशन दिँदै उनले भने, ‘कर्मचारी व्यवस्थापनका सम्बन्धमा समस्या नआउने गरी मापदण्ड बनाउनुहोस्।’

कर्मचारीको पूर्ण विश्वासकासाथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारबीचको मित्रवत भावनाबाट समग्र कार्यसम्पादन प्रभावकारी हुने बताए।

कार्यक्रममा प्रमुख सचिव विनोदप्रकाश सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ सरकारको समग्र नेतृत्व गर्ने निकाय भएकाले यो अरू का लागि उदाहरणीय हुनुपर्ने धारणा व्यक्त गरे।

समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.