पर्यटन व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

२५ जेठ, विराटनगर । आन्तरिक पर्यटन पुर्नरुत्थान समितिले प्रदेश १ भरिका पर्यटन व्यावसायी र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

मंगलबार प्रदेश सरकारको सामाजिक विकास मन्त्री उषाकला राईलाई पत्र लेख्दै समितिले यस्तो माग गरेको हो । पर्यटन व्यावसायीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै समितिका प्रदेश १ संयोजक भबिश श्रेष्ठले यथाशिघ्र खोप उपलब्ध गराउनुको विकल्प नरहेको बताए । पर्यटन व्यावसायीहरु नै संक्रमित भए पर्यटन क्षेत्र पनि धरासायी हुने अवस्थामा पुग्ने समितिको बुझाई छ ।

मंगलबार भने होटल व्यावसायी संघ प्रदेश १, नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स प्रदेश १, होम स्टे एशोसिएशन प्रदेश १, ट्राभल एशोसिएशन अफ झापा, धरान एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स, विराट एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स, प्याराग्लाइडिङ एशोसिएशन धरान, ¥याफ्टिङ एशोसिएशन धरान र ईष्ट्रिम धरान सहितका संघ संस्थाहरुले खोप उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरिएको नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स प्रदेश १ (नाटा)  का अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.