स्थानीय निर्वाचनको अवसरमा टेलिकमको अफर

A notice in Nepali from Mechinagar Ward No. 10

२५ वैशाख, काठमाडौँ : नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनको अवसरमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अवसरमा ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने उल्लेख छ। यो अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ।

टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने भएको हो।

तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ।

त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक जम्मा ९८ रुपैयाँमा खरीद गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.