सामाजिक सुरक्षा कोषमा योगदान गर्ने ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने

A notice in Nepali from Mechinagar Ward No. 10

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८ हजार ४८८ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँबराबरको स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका हुन् ।

कोषका अनुसार यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेस गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका १५ अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिन सक्ने व्यवस्था मिलाएको हो ।

योगदानकर्ताले बिर्तामोडको मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीको नमुना सामुदायिक अस्पताल र वीरगञ्जको नेसनल मेडिकल कलेजमा परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्नेछन् । यस्तै चितवनको पुरानो मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज, बनेपाको शिर मेमोरियल अस्पताल तथा काठमाडौँका हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल र काठमाडौँ मेडिकल कलेजबाट यो सुविधा लिन सकिन्छ ।

कोषका अनुसार अहिले सातै प्रदेशका ११८ अस्पताल कोषमा सूचीकृत भएका छन् । सूचीकृत सबै अस्पतालसँग सम्झौता गरेर परिचयपत्रका आधारमा योगदानकर्ताले उपचार सुविधा लिन सक्ने व्यवस्था मिलाउन लागिएको कोषका सहायक प्रवक्ता रोहित रेग्मीले बताउनुभयो ।

योगदानकर्ताले परिचयपत्र देखाएर उपचार सुविधा लिँदा सुविधाको कुल खर्चको २० प्रतिशत बेहोर्नुपर्छ । ८० प्रतिशत रकम भने अस्पतालले कोषबाट दाबी गर्नेछन् । अस्पतालले सुविधा थैलीमा तोकिएको रकम मात्र कोषबाट लिन पाउनेछन् ।

परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्ने व्यवस्था भएसँगै योगदानकर्ताले उपचार खर्चको बिल कोषमा पठाएर भुक्तानी लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । योगदानकर्ताले आफूले पहिले पैसा तिरेर उपचार गर्नुपर्ने र उपचारपछि कोषमा भुक्तानी लिनुपर्ने झन्झट अन्त्य भएको सहप्रवक्ता रेग्मीले बताउनुभयो ।

योगदानकर्ताले कोषमा सूचीकृत अस्पतालबाट मात्र त्यस्तो सुविधा पाउनेछन् । उपचार सुविधाका लागि पछिल्लो तीन महिना नियमित योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्छ । योगदानकर्ताले कोषमा सूचीकृत जुनसुकै अस्पतालबाट उपचार सुविधा लिन सक्नेछन् । योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपियाँ नबढ्ने गरी बहिरङ्ग र अन्तरङ्गअन्तर्गतको उपचार खर्च सुविधा प्राप्त गर्नेछन् ।

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.