प्याज र काउलीमा पनि भारत र चीनकै भर

वर्षेनी नेपालीको भान्छामा ४ करोड रुपैयाँको काउली र प्याज पाक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ साउन, मेचीनगर : नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ । कुल जनसंख्याको करिब ६६ प्रतिशतले कृषि पेसा अँगालेका छन् । तर, नेपालीको भान्छामा वर्षमै ४ करोड रुपैयाँको काउली र प्याज पाक्छ । यो सबै आयातित हो । प्रत्येक नेपालीको भान्छामा तरकारीका रुपमा पाक्ने काउली र त्यसलाई स्वदिलो बनाउने प्याज भने सतप्रतिशत आयात गरिन्छ । जस्का लागि वर्षेनि करोडौं रुपैयाँ बाहिरिहने गरेको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी काँकरभिट्टा नाका भएर ३ करोड ४३ लाख ७० रुपैयाँ मुल्य बराबरको १ हजार ७ सय ३० मेट्रिक टन प्याज आयात भएको छ । चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भएपनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको छ । भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा यो नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो । यस अघिका दुई आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने प्याजको आयात निक्कै उच्च छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा काँकरभिटट नाका भएर १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मुल्य बराबरका ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज भारतबाट आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड २७ लाख २० हजार रुपैयाँ मुल्य बराबरका ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज भारतबाट आयात भएको कार्यालयको तथ्याङ्क छ ।

सोहि अवधिमा यस नाका भएर १ करोड ६३ लाख ६८ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २३ मेट्रिक टन काउली आयात भएको छ । काउली भारतबाट मात्रै आयात हुँदै आएको छ । मागअनुसार स्वदेशभित्रै उत्पादन वृद्धि नहुँदा भारतसहित अन्य मुलुकबाट काउली र प्याज आयात भएको हो नेपाली अधिकारीहरुको भनाई छ । निर्यात भने निराशाजनक छ । यो अवधिमा यी वस्तुको निर्यात भने शुन्य रहेको कार्यालयको अभिलेखले स्पष्ट पार्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तरकारी विकास निर्देशनालयले आयातदर प्रतिस्थापन गर्ने उद्देश्यले ०६४ देखि ०६९ सम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही, दाङ, बाँके र बर्दिया जिल्लामा ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरेको थियो । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम ल्याएको भएपनि अहिले सम्म नेपालीको भान्छामा भित्रिने प्याज आयातकै भर पर्नु परेको छ । सरकारले प्याज आयात प्रतिस्थापन गर्न अभियान पनि सञ्चालन गरेपनि पर्याप्तरूपमा प्रविधि र भौतिक पूर्वाधारको तयारी नगरिएका कारण यो अभियान असफल बनेको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का हाल अवकाश प्राप्त वरिष्ठ तरकारी तथा प्याज वैज्ञानिक डा. कृष्णप्रसाद पौडेलको भनाई सापटी लिने हो भने अनुसन्धान अथवा प्रविधि विकासलाई समावेश नगरिएको, उत्पादन सामग्री खरिद, वितरण, अन्य अनुदान र सेवामा व्यापक अनियमितता भएका कारण यो परियोजना पूर्णअसफल बनेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.