काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१ फागुन , मेचीनगर : संविधान सभा सदस्य रविन कोइरालाले हरेक देशको अर्थतन्त्रमा सहकारीले खेलेको महत्वपूर्ण भुमिका र योगदानलाई कसैले भुल्न नहुने बताउनुभएको छ । शनिबार काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था मेचीनगर —६ को एघारौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदैं संविधान सभा सदस्य कोइरालाले सहकारीकै माध्यमबाट विश्वका कैयौं राष्ट्र समृद्घ बनेको प्रष्ट पार्नुभयो ।

सहकारीले गरीवीलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदैं उहाँले हामी सबैले एक आपसमा सहकार्य गरेर जस्तोसुकै समस्यालाई हल गर्न सकिने बताउनुभयो । सहकारीमा अहिले मन र धन मिल्नेहरु भएकाले जस्तोसुकै समस्या सहजरुपमै हल हुने उहाँको विश्वास थियो । नेपालको आर्थिक पाटोलाई सहकारीले ठूलो टेवा पुर्याएको बताउँदै सरकारको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा महत्वपूर्ण अंग भएको र देशलाई समृद्घितर्फ अघि बढाउन सहकारीको विकल्प नभएको दावी गर्नुभयो ।

संस्थाका अध्यक्ष भुपाल शिवाकोटीको सभापतित्वमा भएको उद्घटन सत्रमा संविधान सभा सदस्य उषा गुरुङ्ग, संस्थाका सदस्य हस्तबहादुर आङ्गदेम्बेलगायतले बोल्नुभउको थियो । उपाध्यक्ष राजु कार्कीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष शिवाकोटीले संस्थाको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक युवराज मैनालीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ गंगा आचार्य, ज्येष्ठ सदस्य बृजमोहन ठाकुर उत्कृष्ट ऋणितर्फ यशोदा कार्कीलाई सम्मान तथा पुरस्कृत गरियो । सबैलाई जनही नगद एकहजार रुपैयाँसहित सम्मान पत्र प्रमुख अतिथि कोइराला, विशिष्ट अतिथि गुरुङ्ग, संस्थाका अध्यक्ष शिवाकोटीले प्रदान गर्नुभयो । अध्यक्ष शिवाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाको विगत, वर्तमान र भविष्यका योजनाहरु उल्लेख छ । २०६८ सालमा २५ जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा अहिले ५ सय १९ महिला, ४ सय ७७ पुरुष तथा ५ संस्था गरेर कुल १ हजार एकजना शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । २०७८ साल पौषमसान्तसम्म कुल २ करोड २५ लाख ८५ हजार ४ सय १ रुपैयाँको कारोवार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.