बैंक अफ काठमाण्डौं लिमिटेडको ९७ औँ शाखा काँकरभिट्टामा

A notice in Nepali from Mechinagar Ward No. 10

४ वैशाख, मेचीनगर : बैंक अफ काठमाण्डौं लिमिटेडले ९७ औँ शाखा झापाको मेचीनगर—६ काँकरभिट्टामा सञ्चालनमा ल्याएको छ । आइतबार मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र बैंक संचालक विजयकुमार श्रेष्ठले संयुक्त रुपमा औपचारिकरुपमा शाखाको समुद्घाटन गर्नुभएको थियो ।

बैंक अफ काठमाण्डौं लिमिटेडले देशभर ९७ शाखा कार्यालयहरुबाट ८७ एटिएम र १० एक्स्टेन्सन काउण्टर मार्फत आफ्ना सदस्यहरलाई बैंकिङ्ग सुविधा प्रदानगर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु सञ्चालन गर्ने योजना छ ।

कार्यक्रममा बैंकका संचालक श्रीमान् विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिका नगर प्रमुख बिमल आचार्यले कार्यक्रममा बैंक अफ काठमाण्डौं लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

उप–प्रमुख मीना पोखरेल उप्रेती, मेची उद्योग वाणिज्य संघ, मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिनाले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा  मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, महासचिव ध्रुव कनाल, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, रोटरी क्लब अफ काँकरभिट्टाका युथ चियर रबि नेपाल, मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राई, अरुणेदय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, काँकरभिट्टा माविका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको  थियो । बैंकका १ नम्बर प्रदेश प्रमुख रवि काफ्लेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बैंकका प्रमुख वित्तिय अधिकृत चन्द्रराज शर्मालले बैंकको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.