झापाको होटल मेचीक्राउनमा खुल्यो नेपालकै सबैभन्दा ठूलो ‘क्यासिनो भेगास’

A notice in Nepali from Mechinagar Ward No. 10

४ कार्तिक, झापा : झापाको धुलाबारीमा नेपालकै सबैभन्दा ठूलो ‘क्यासिनो भेगास’ सञ्चालनमा आएको छ । २० वर्षदेखि नेपालमै क्यासिनो व्यवस्थापन गर्दै आएका रवि धितालले एकल स्वामित्वमा पाँचतारे होटल मेचीक्राउनमा ‘क्यासिनो भेगास’ सञ्चालनमा ल्याएका हुन् ।

लामो समयदेखि क्यासिनो व्यवस्थापन गर्दै आएका धितालले भेगास रिक्रेप्सन प्रालिमार्फत सञ्चालनमा ल्याएको क्यासिनोको मंगलबार सफ्टलन्च गरिएको छ । सोमबार क्यासिनोको लाइसेन्स पाएसँगै मंगलबारबाट सञ्चालनमा ल्याएको हो । सो क्यासिनोको व्यवस्थापन भारतीय क्यासिनो कम्पनी विग ड्याडिले गरेको हो ।

विशेष गरेर भारतीय पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो क्यासिनोमा एकै पटक दुईदेखि तीन हजार जनासम्मले खेल्न सक्नेछन् । २५ करोड चुक्ता पुँजी रहेको सो क्यासिनो सञ्चालनका लागि होटलले भने करिब १ अर्ब रुपैयाँ लगानी गरेको छ ।

उनीसँग २० वर्ष लामो अनुभव छ । एभरेष्ट, याक एन्ड यती होटलमा रहेको क्यासिनो व्यवस्थापन गरेका धितालले आफ्नै लगानीमा नयाँ क्यासिनो सञ्चालनमा ल्याएका  हुन् ।

होटल रहेको स्थानबाट भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा रहेको छ । सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिकहरू नेपाल आउने गरेका छन् र तीनै पर्यटकहरूलाई लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको जनाएको छ ।

८ बिघा क्षेत्रफलमा फैलिएको होटल मेचीक्राउन होटलमा ५ वटा स्विट, १० वटा भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स गरी १ सय ५ वटा कोठा छन् । दुईवटा रेष्टुराँ रहेको छ । ब्याङ्वेट हलसहित हेलिप्याडको सुविधासमेत रहेको छ ।

पर्यटन व्यवसायी पवित्रकुमार कार्की, व्यवसायी बलराम सापकोटा सहितको समूहले सञ्चालनमा ल्याएको सो होटलको २०७७ वैशाखमा उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.