अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, बिजुलीका तारै पुर्‍याइन्छ : केपी ओली

A notice in Nepali from Mechinagar Ward No. 10

४ साउन, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ ।

बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, आवश्यकता छैन ।’

उनले अगाडि भने, ‘चुलोमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’

तर साना साना पाइप चुलोमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको ओलीले बताए । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.