मुद्धा फछर्यौट बाट मात्रै ५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन

A notice in Nepali from Mechinagar Ward No. 10

४ साउन, मेचीनगर : मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका मुद्धा फछर्यौटबाट मात्रै ५ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । मुद्दा लिलामी र जरिवानाबाट मात्रै कार्यालयले ५ करोड ८७ लाख ७८ हजार रुपैयाँ ८ सय ८० रुपैयाँ राजस्व संकलन गरेको हो । त्यो वर्ष कुल ६ करोड ४८ लाख ७४ हजार ७ सय ६३ रुपैयाँ प्रतिवेदन मुल्य बराबरका मुद्धा दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट सरी आएका २२ तथा वितेको आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ४ सय ६१ गरी कुल ४ सय ८३ वटा मुद्धा मध्ये ४ सय १४ वटा फस्र्याेट भएको कार्यालयको मद्धा शाखाले जनाएको छ । सो वापत कार्यालयले ५ करोड ८७ लाख ७८ हजार रुपैयाँ ८ सय ८० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो ।

 

आर्थिक वर्ष २०७७/०७८ मा फस्र्याेट हुन नसकेका ४७ वटा मुद्घा चालु आर्थिक वर्ष २०७८ /०७९ मा सरी आएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा सवैभन्दा बढी नेपाल प्रहरीले ४ करोड २५ लाख ८५ हजार २ सय ७२ रुपैयाँ प्रतिवेदन मुल्य बराबरका २ सय ५३ वटा मुद्धा दर्ता गरेपनि २ सय ३६ वटा मात्र फछर्यौट भएका थिए । त्यो वापत कार्यालयलाई ४ करोड १४ लाख ८८ हजार १३ रुपैयाँ राजस्व प्राप्त भएको छ । यसैगरी कम भन्सार कार्यालयले २६ हजार एकसय प्रतिवेदन मुल्य राखेर दुईवटा मुद्धा बुझाए पनि एउटा फछर्यौट भएको छ । सो वापत ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

सशस्त्र प्रहरी वल नेपालले १ करोड ९० लाख ५५ हजार १ सय ९१ रुपैयाँ प्रतिवेदन मुल्य राखेर १ सय ९७ वटा मुद्धा भन्सारमा पेश गरे पनि १ सय ६६ वटा मात्र किनारा लागेका छन् । त्यसबाट कार्यालयले १ लाख ४२ हजार ३ सय ४७ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षबाट शुरु मौंज्दातको रुपमा सरेर आएका र आर्थिक वर्ष २०७७/०७८ मा नेपाल भन्सार राजस्व गस्तीले दर्ता गरेका कुल मुद्धा मध्ये ११ वटा फछर्यौट हुदाँ ३० लाख ५३ हजार ३ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयको भनाई छ । चोरी पैठारीमा यातायातका साधनदेखि मोटर पार्टस, खाद्यन्न, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पललगायतका सामान रहेका छन् । झापाका विभिन्न नाकाबाट अवैधरुपमा हुने चोरी पैठारी नियनत्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारी समेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । जिल्लाका जुनसुकै क्षेत्रबाट पनि पक्राउ गरिएका सामानहरु पनि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायले प्रतिवेदनसहित मेची भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.