बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आफ्नो सुविधा कटाएर सामाजिक सुरक्षा काेषमा आबद्ध नहुने

A notice in Nepali from Mechinagar Ward No. 10

बैंक तथा तथा वित्तीय संस्थामा कार्यरत  कर्मचारीहरुले आफुलेे खाइपाइ आएको सुविधा कटाएर सामाजिक सुरक्षा काेषमा आबद्ध नहुने निर्णय गरेका छन् ।  आफूसँग आबद्ध करिब चार दर्जन संघसंस्थाबाट प्राप्त सुझावका आधारमा नेपाल वित्तीय संस्था कर्मचारी संघले सोमबार यो निर्णय गरेको हो । ‘संघमा आबद्ध विभिन्न संघसंस्थाबाट सुझाव संकलन गरिरहेका छौं,’ संघका अध्यक्ष पदमराज रेग्मीले भने, ‘ती सुझावका आधारमा बैंकहरू दर्ता हुनुअघि सामाजिक सुरक्षा कोषले करिब एक दर्जन विषयमा नीतिगत परिमार्जन गर्नुपर्नेछ ।’

यी सुझावलाई बेवास्ता गरी बैंक तथा वित्तीय संस्थालाई कोषमा दर्ता हुन बाध्य पारिए कर्मचारीहरू आन्दोलनमा उत्रिने र कानुनी सहायताका लागि अदालत पनि जाने तयारी रहेको रेग्मीले बताए । संघले उठाएका विषय सरकार र सामाजिक सुरक्षा निकायबाट तत्काल सम्बोधन भए कोषमा आबद्ध हुन आफूहरू तयार रहेको पनि संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि संघले विभिन्न माग अघि सारेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको ऐन, विनियमावली र कार्यविधिका कतिपय प्रावधान संशोधन गरी श्रमिकमैत्री बनाउनुपर्ने, खाइपाइ आएको सुविधा घट्ने/कटौती नहुने भनी सामाजिक सुरक्षा ऐनद्वारा यसको पूर्ण प्रत्याभूति गर्नुपर्नेलगायत माग विज्ञप्तिमा उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.