कालो सूची रहेको नेपालको हवाई सुरक्षामा सुधार, इयुले गर्‍यो प्रशंसा

A notice in Nepali from Mechinagar Ward No. 10

सोमबार, मंसिर २२, २०७७

युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा इयुले नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ।

इयुले विज्ञप्‍ति जारी गर्दै सुरक्षित हवाइ उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयासबाट सुधार भएको बताएको छ।

इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो। इयुको कालो सूचीपछि नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध थियो। युरोप मात्र नभएर अन्य देशहरूमा पनि उडान अनुमति पाउन नेपाली एयरलाइन्सलाई सास्ती भइरहेको थियो।

‘नेपाल सरकारले पछिल्लो समय जुन प्रयास गरेको छ, ती प्रशंसनीय छन्। हवाई सुरक्षाका चुनौतीसँग जुध्न जुन संयन्त्र विकास गर्न लागिएको छ, त्यो साँच्चिकै सकारात्मक कदम हो,’ इयुको विज्ञप्‍तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.