आधुनिकको ९ दशमलव २८ प्रतिशतका दरले शेयर लाभांस

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, मेचीनगर : झापाको मेचीनगर— ६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/०७८ मा बचततर्फ अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २१ दशमलव ९६ प्रतिशतले बृिद्घ गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले ९ करोड १२ लाख ७६ हजार रुपैयाँ बचत गरेको अभिलेखले देखाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ११ करोड १३ लाख १९ हजार रुपैयाँ बचत गरेको कार्यालय प्रमुख पारस ओलीले बताउनुभयो ।

२०६८ सालदेखि सञ्चालनमा आएको संस्थाको कर्जा लगानीमा समेत बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १३ करोड ३३ लाख ३६ हजार रुपैयाँ कर्जा लगानी भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड २ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी भएको कार्यालय प्रमुख ओलीले जानकारी दिनुभयो । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा ५ दशमलव १८ प्रतिशतले कर्जा लगानी बृद्घि भएको हो ।

संस्थाले शेयर सदस्यहरुलाई ९ दशमलव २८ प्रतिशतका दरले शेयर लाभांस वितरण गरेको छ । संस्थाले आगामी वर्ष १५ प्रतिशतका दरले शेयर लाभांस वितरण गर्ने लक्ष्य लिइएको छ । संस्थामा शेयर सदस्यको संख्या समेत बृद्घि भएको छ । २०६८ साल मंसिर ७ गते ४९ जना शेयर सदस्यहरबाट स्थापना भएको यो संस्था करीब साढे १० वर्षको अवधिमा ७ हजार ४१ जना पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ६ हजार ५ सय ३८ जना शेयर सदस्य रहे पनि गत आर्थिक वर्ष २०७७/०७८ मा ७ दशमलव ६९ प्रतिशत बृद्घि भएर ७ हजार ४१ पुगेको छ । संस्थामा अहिले ३ हजार ४ सय ९४ जना महिला, ३ हजार ४ सय ६९ पुरुष र ७८ अन्य गरी ७ हजार ४१ पुगेको हो । संस्थाको कार्यक्षेत्रको कूल जनसंख्या ८१ करोड २६ लाख ५० हजार रहेको र कूल जनसंख्यामा संस्थाको पहँुच शुन्य दशमलव ८५ प्रतिशत रहेको छ । संस्थामा अहिले २ करोड रुपैयाँ बढी शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभरिका कार्यालयबाट १३ करोड ३४ लाख रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा १३ करोड ४६ लाख रुपैयाँ लगानी भएर १२ करोड ७७ लाख असुली भएको छ । हाल १४ करोड ३ लाख रुपैयाँ कर्जा असुली गर्न बाँकी रहेको छ ।

संस्था झापा जिल्लाभरि शाखा विस्तारको स्वीकृति प्राप्त गरेको भए पनि मेचीनगरको भृकुटी बजार, चाराआली, विर्तामोड नगरपालिकाको विर्तामोड, भद्रपुर नगरपालिकाको भद्रपुरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले कारोबार सञ्चालनका लागि आफुले गरेको संकलित पुँजीले नपुग भएपछि कारोबार विस्तारका लागि नेफ्स्कुनबाट लघुवित्त कर्जा अन्तर्गत वार्षिक शुन्य ९ दशमलव ५० प्रतिशत व्याजदरमा १ करोड ७० लाख कर्जा लिइएकोमा आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा १ करोड ३७ लाख बाँकी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.