त्रिभुवन विश्वविद्यायले तत्कालका लागि आइतबार बिदा नदिने

A notice in Nepali from Mechinagar Ward No. 10

१ जेठ, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले हरेक आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको छ ।

कोभिड-१९ कारण पठनपाठन पूर्णरुपमा सञ्चालन हुन नपाएको भन्दै अर्को सूचना जारी नभएसम्म जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू नगर्ने भएको हो ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा विश्वविद्यायमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको‚ पठनपाठन र परीक्षाका तालिकाहरू निर्धारण भइसकेको भन्दै अर्को सूचना जारी नभएसम्म आइतबारसमेत विश्वविद्यालयका सेवाहरू सञ्चालन गर्ने विश्वविद्यायले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.