एनप्याब्सन खेलकुद महोत्सव : भलिबल र हाजिरी जवाफ सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ माघ, मेचीनगर : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल झापाको आयोजनामा भइरहेको जिल्ला स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत आज भलिबल र हाजिरी जवाफ सम्पन्न भएका छन् । स्मारिका सामुदायिक बोर्डिङ्ग स्कुल कमल ५ मा सम्पन्न छात्र/छात्रा भलिबलमा छात्र तर्फ स्मारिका सामुदायिक बोर्डिङ्ग केरखा प्रथम, फाक्तालुङ्ग एजुकेसन फाउण्डेसन कन्काई द्वितीय र वण्डरलैण्ड बोर्डिङ्ग स्कुल केरखा तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने छात्रा तर्फ वण्डरलैण्ड बोर्डिङ्ग स्कुल केरखा प्रथम, इष्टहोराइजन अंग्रेजी स्कुल धुलाबारी द्वितीय र झापा मोडल इङ्गलिस स्कुल दमक तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तर्फ निमेस घले र छात्रा तर्फ श्रेया गुरुङ्ग भएका छन् । विजेता विद्यालयहरुलाई प्रमुख अतिथि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष जयबहादुर श्रेष्ठ, विशेष अतिथि एनप्याब्सन केन्द्रीय सदस्य संजिव राई, अतिथि एनप्याब्सन प्रदेश १ का पूर्व सचिव एवम् कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोइराला, जिल्ला सचिव ओमबिक्रम नेम्बाङ्ग र स्मारिका सामुदायिक बोर्डिङ्ग स्कुलका अध्यक्ष शेरबहादुर लिम्बु लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । एनप्यब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्मारिका सामुदायिक बोर्डिङ्ग स्कुलका शिक्षक सुजन विष्टले सञ्चालन गर्नु भएको थियो । त्यसै गरी आज नै अरुणोदय आवासीय मा.वि काँकरभिट्टामा सम्पन्न भएको जिल्ला स्तरीय जुनियर हाजिरी जवाफ प्रतियोगितामा वण्डरलैण्ड बोर्डिङ्ग स्कुल केरखा प्रथम, मर्निङ्ग ग्लोरी अंग्रेजी मा.वि. कन्काई द्वितीय र लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुल काँकरभिट्टा तृतीय भएका छन् । हाजिरी जवाफ कार्यक्रम एनप्याब्सन जिल्ला सदस्य एवम् अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी र एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले सञ्चालन गर्नुभएको थियो ।विजेता विद्यालयहरुलाई प्रमुख अतिथि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष एवम् झापा मोडेल इङ्गलिस स्कुलका संस्थापक जयबहादुर श्रेष्ठ, एनप्यब्सन झापाका अध्यक्ष एवम् चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलका संस्थापक खिवराज भट्टराई, जिल्ला कोषाध्यक्ष एवम् इडेन गार्डेन बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक मोहन आचार्य, नेपाल स्काउट मेचीनगर संयोजक रीता थापा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि एनप्याब्सन केन्द्रीय सदस्य एवम् इष्टहोराइजन इङ्गलिस स्कुलका प्रधानाध्यापक संजिव राई, अतिथि एनप्याब्सन प्रदेश उपाध्यक्ष एवम् नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रामकुमार राजवंशी, एनप्याब्सन सचिव एवम् फाक्तालुङ्ग एजुकेसन फाउण्डेसनका प्रधानाध्यापक ओमबिक्रम नेम्बाङ्ग, एनप्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् माँ सरस्वती एजुकेशन फाउण्डेसनका प्रधानाध्यापक दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगर सदस्य एवम् सिताराम सामुदायिक अंग्रेजी स्कुलका सहायक प्रधानाध्यापक नवराज सुवेदी, अरुणोदय आवासीय मा.वि.का प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सागर गुरुङ्ग, दन्तकाली बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक प्रेम पोखरेलको उपस्थिति रहेको थियो ।
एनप्यब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन सचिव एवम् फाक्तालुङ्ग एजुकेसन फाउण्डेसनका प्रधानाध्यापक ओमबिक्रम नेम्बाङ्गले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.