समानुपातिक मतको सुरुवाती अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ४ हजार १ सय ९३ मतका साथ तेस्रो स्थानमा देखिएको हो ।

 

आमनिर्वाचन भन्दा अघि गठन भएको सो दलले यो समाचार तयार पर्दासम्म प्रत्यक्षतर्फ ७ स्थानमा अग्रता कायम गरेको छ । ६ हजार ४ सय ३४ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने ५ हजार ३ सय २० मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा छ ।

२०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्र २ हजार १ सय ४० मतका साथ चौथो स्थानमा धकेलिएको छ । राप्रपा उल्लेख मतका साथ पाँचौ स्थानमा उक्लिएको छ। उसले १५८९ मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.