अछाम–१ मा मन्त्री कुँवर विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, अछाम : अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुन मगरले जानकारी दिनुभयो ।

विजयी हुनुभएका कुँवर गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनुहुन्थ्यो । कुँवरले १९ हजार ५३४ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत ल्याएर तेस्रो हुनुभएको छ । सोही क्षेत्रको निर्वाचनमा हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा र स्वतन्त्रका उम्मेदवार महेन्द्र बोगटीका १७१/१७१ मत र अर्का स्वतन्त्र उम्मेदवार हिकमत कुँवरले १०२ मत प्राप्त गर्नु भएको छ । अछाम क्षेत्र नम्बर १ मा जम्मा खसेका ४१ हजार ३९२ मत मध्येमा एक हजार ९७७ मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विजयी हुनुभएका कुँवर नेकपा (एमाले) बाट २०६४ को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने बोहरा २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सोही क्षेत्रको ‘ख’ प्रदेशबाट निर्वाचित हुनुभएको थियो । कुँवर २०७४ को निर्वाचनपछि एमालेबाटै राष्ट्रियसभा सदस्य हाल समाजवादीबाट मन्त्री हुनुहुन्छ । बोहरा भने माओवादीबाटै सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको थियो ।

अछाम–१ मा २०५१, २०६४, २०७०, २०७४ मा एमालेले प्रतिनिधित्व गरेको थियो भने २०४८, २०५६ मा काँग्रेस विजयी भएको थियो । २०६४ को संविधानसभापछि अछाम–१ मा निरन्तर वामपन्थी धार निर्वाचनमा विजयी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.