समानुपातिक अपडेट : १२ घण्टामा गनियो झण्डै दुई लाख मत, ‘कलम’मा ४ हजार पनि थपिएन, थ्रेसहोल्ड कटाउन १७ हजार अपुग

A notice in Nepali from Mechinagar Ward No. 10

१५ मंसिर, काठमाडौँ : प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिने चरणमा छ। बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म १२ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १ लाख ९२ हजार १९५ मतको तथ्याङ्क थप गरिएको छ। अहिले सबैको चासो माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सिट पाउँछ कि पाउँदैन भन्ने रहेको छ।

पछिल्लो १२ घण्टामा १ लाख ९२ हजार मत गन्दा नेकपा एसको चुनाव चिह्न कलममा जम्मा ३ हजार ७८७ मत मात्र थपिएको देखिन्छ। तर कूल सदर मतको तीन प्रतिशतको हिसाबमा उसले ३ लाख ११ हजारभन्दा बढी मत ल्याए मात्र सिट पाउन सक्छ। तर राति ८ बजेसम्मको तथ्याङ्कमा उसले २ लाख ९३ हजार ९८६ मत मात्र ल्याएको देखिन्छ। थ्रेसहोल्ड कटाउन उसलाई अझै १७ हजार ५७ मत आवश्यक हुन्थ्यो। यो आवश्यक मत संख्या कूल सदर मतको संख्या बढेसँगै बढ्दै जान्छ। कलमले पाएको मत हेर्दा एक्कासी धेरै मत ल्याएर चमत्कार भएमा बाहेक थ्रेसहोल्ड कट्ने सम्भावना निकै कम छ।

कसको कति सिट ?

गएको १२ घण्टामा झण्डै २ लाख मत गनिए पनि समानुपातिकमा पाउने सिट संख्यामा भने परिवर्तन भएको छैन। गणना अनुसार पार्टी विभाजनका बावजुद एमालेले सबैभन्दा धेरै भोट ल्याएर सबैभन्दा बढी सिट जितेको छ। एमालेले ३३ सिट पाउनेछ। कांग्रेसले हालको गणना अनुसार ३२ सिट पाउनेछ।

माओवादी भोट संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थोरै अघि भए पनि सिट संख्या भने दुवैको बराबर हुनेछ। दुवैले १४-१४ सिट पाउनेछन्।

राप्रपाले ७ सिट पाउनेछ भने जसपा र जनमतले ५-५ सिट पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.