प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा अपराह्न १ बजेपछि अन्तिम नतिजा घोषणा हुने आयोगले जनाएको छ।

निर्वाचन आयोगले बिहीबार मङ्सिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसअघि आयोगले अन्तिम नतिजा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो। मतदान सम्पन्न भएको करिब तीन सातापछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको गणना सम्पन्न भई राजनीतिक दलले पाएको सिट बाँडफाँट सम्भव भयो। सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन्।

एमालेले सच्यायो त्रुटि 

नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेश प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रुटि सच्याएको छ। समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले)ले समानुपातिकतर्फ त्रुटि रहेको उम्मेदवारको सूची सच्याएर पठाएको हो।

दुई दिनको समय अवधि दिएर त्रुटि सच्याउन गरेको आग्रह अस्वीकार गर्दै पुनः सोही सूची दोहो-याएर पठाएपछि निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गर्न गरेको तयारी एक दिन पर धकेलिन पुगेको हो। नेकपा (एमाले)ले प्रदेश १ को अल्पसङ्ख्यकतर्फ लहरूमाया जिमी (याक्खा) नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसङ्ख्यकको प्राथमिकता क्रम सङ्ख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको हो।

त्यसैगरी मधेश प्रदेशतर्फ शीला यादवको सट्टामा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टामा जैनव खातुनको नाम कायम गरिदिन एमालेले आयोगलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.