कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रतिक्रिया: “मतदाताको फैसला स्वीकार्य छ, रास्वपालाई स्वागत”

A notice in Nepali from Mechinagar Ward No. 10
A man in a light blue polo shirt is inserting a ballot paper into a large white box with a brown lid, likely a polling station during an election. The box has a label on it and is secured with orange straps. The man has short black hair and appears to be focused on the task. He is standing in a semi-outdoor setting with a white wall behind him, marked with red and blue stripes at the bottom. A pink barrier tape is visible in the foreground.

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति एवं चुनावी कमान्डर विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणामलाई सहज रूपमा स्वीकार गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ (Twitter) मार्फत उनले पार्टीको पराजय स्वीकार गर्दै मतदाताको नयाँ फैसलालाई स्वागत गरेका हुन्।

चुनावी नतिजाले कांग्रेसका लागि गम्भीर धक्का दिएको संकेत गर्दै शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई लोकतान्त्रिक प्रक्रियाको रूपमा चित्रण गरे। उनले लेखेका छन्:

“मतदाताको फैसला स्वीकार्य छ! ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’ बाट आउँदै गरेको रास्वपालाई स्वागत। २०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन।”

शर्माले थपेका छन् कि मतदाताको यो चर्को आशा कतै निराशामा बदलिएला कि भन्ने चिन्ता रहे पनि देशका मुख्य प्रश्नहरूमा कांग्रेसको साथ र खबरदारी दुवै रहनेछ।

उनको यो भनाइले कांग्रेसभित्र अबको राजनीतिक बाटो र युवा पुस्ताको उदयलाई लिएर गम्भीर समीक्षा हुने संकेत गरेको छ। प्रारम्भिक मतपरिणाममा रास्वपाले धेरै स्थानमा अग्रता लिइरहँदा कांग्रेसका कतिपय प्रभावशाली नेताहरू पछि परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.