स्थगित स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने : त्रिवि परीक्षा नियन्त्रण कार्यालय

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । कोरोनाका कारण स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।

वार्षिक परीक्षा प्रणालीअन्तर्गत गत चारवर्षे र तीनवर्षे स्नातक तह द्वितीय वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा वैशाख १३ गतेपछि स्थगित गरिएको थियो ।

परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । अन्यथा हुन गएमा जवाफदेही नहुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.