मेलम्ची बाढी : चार जना बेपत्ता, कैयौं घरमा क्षति

A notice in Nepali from Mechinagar Ward No. 10

असार २, सिन्धुपाल्चोक : मेलम्ची नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु बजारमा चार जना वेपत्ता भएका छन्। कैयौं घरमा क्षति पुगेको छ।

मंगलबार साँझ आएको बाढीले हेलम्बु बजार क्षेत्रका चार जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए। उनका अनुसार बेपत्ता हुनेमा तीन पुरुष र एक महिला छन्। स्थानीय बासिन्दाले भने अझै बढी वेपत्ता भएको जनाएका छन्।

बाढीले सडक अवरुद्ध भएको छ। मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल बगेको छ। बाढीले ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन्।
बाढीले तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढीसँगै बगेर आएको लेदोले घरमा समेत क्षति पुगेको छ।

बुधबार बिहानैदेखि  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको डिएसपी सापकोटाले बताए। क्षतिको एकीन विवरण आउन बाँकी नै रहेको उनको भनाइ छ।

 

स्रोत: काठमाण्डौं प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.