दोस्रो खोप लगाइसकेका सबैले ‘बुष्टर’ डोज लगाउनुहोला : स्वास्थ्यमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

१८ मंसिर, काभ्रे : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका सबैलाई तेस्रो खोपसमेत लगाउन आग्रह गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई शनिबार सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन्। उनले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको पनि बताए।

मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए। ‘कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला’, उनले भने।

मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए। उनले भने, ‘खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु।‘

मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गरे। ‘एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,’ उनले भने। एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा व्‍यक्त गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.