रूसी आक्रमणबीच रेलबाट युक्रेनको राजधानी पुगे तीन देशका प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति बाइडेन अर्को साता युरोप जाने

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत्र  : रूसले आक्रमण जारी राखेको युक्रेनको राजधानी किएभमा तीन युरोपेली मुलुकका प्रधानमन्त्री पुगेका छन्।

युक्रेनप्रति समर्थन जनाउँदै मंगलबार पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू अचानक किएभ पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।

पोल्यान्डका मतेउज मोराभियास्की, चेक रिपब्लिकका पेतर फियाला र स्लोभिनेयाका प्रधानमन्त्री यानेस यान्साले पोल्यान्डदेखि किएभसम्मको यात्रा रेलमा गरेका थिए।

पोलान्डका प्रधानमन्त्रीका एक जना प्रवक्ताले उनीहरू युरोपियन युनियनको प्रतिनिधित्व गर्दै किएभ पुगेको बताएका छन्। किएभमा हुँदा उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका थिए।

‘उहाँहरू हामीलाई समर्थन गर्न आउनुभएको थियो,’ तीन प्रधानमन्त्रीसँगको भेटपछि जेलेन्स्कीले भनेका छन्, ‘यो महान्, सहासिक र एकदम सही मित्रवत् कदम हो। मलाई पूरा विश्वास छ हाम्रा त्यस्ता मित्र, देश, छिमेकी र साझेदारको साथले हामी साँच्चै जित्नेछौं।’

यसैबीच युक्रेनबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन अर्को साता युरोप जानेका भएका छन्।

ह्वाइट हाउसलाईका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेअनुसार बाइडेन मार्च २४ मा युरोपियन युनियनको मुख्यालय रहेको बर्सेल्स पुग्ने छन्। त्यहाँ उनी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनमा सहभागी हुनेछन्।

राष्ट्रपति बाइडेनले युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलेको छैन। तर उनी पूर्वी युरोपेली मुलुकमा गएर युक्रेनका शरणार्थीहरूसँग भेट्ने प्रबल सम्भावना छ।

उता पश्चिमाहरूको कडा आर्थिक प्रतिबन्ध झेलिरहेको रूसले बदलामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति बाइडेनसहित अधिकारीहरूमाथि प्रतिबन्ध घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.