गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेठ, रुपन्देही : रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.