प्रेरक प्रसंग : गान्धीले सिएको चप्पल

A notice in Nepali from Mechinagar Ward No. 10

त्यतिखेर महात्मा गान्धी दक्षिण अफ्रिकामा थिए । आफ्नो आन्दोलनका कारण उनले धेरैजसो सरकारको दमनको सिकार हुनुपथ्र्यो तैपनि उनी धैर्यपूर्वक काममा जुटिरहन्थे । दक्षिण अफ्रिकाका तानाशाह जनरल स्मटस गान्धीप्रति निकै अनुदार थिए । उनी जसरी पनि गान्धीको मनोबल टुटाएर आन्दोलन बन्द गराउन चाहन्थे । त्यसैले सानो निहु पाउनासाथ गान्धीलाई जेल पठाइहाल्थे । जेलको कठोर वातावारणबाट अतालिएर गान्धीले आन्दोलन रोक्ने उनको अनुमान थियो । तर गान्धी भने जेलबाहिर जे जसरी बस्थे भित्र पनि त्यस्तै निर्विकार भावमा रहन्थे ।

एकपटक जेल गएको समयमा गान्धीले कसैबाट चप्पल सिलाउन सिके । जब गान्धी जेलबाट छुटे, उनी सिधै स्मटसलाई भेट्न गए । भेटका क्रममा गान्धीले एउटा प्याकेट उनलाई हस्तान्तरण गरे । स्मटसले सोधे, ‘कतै यसमा बम त छैन ?’ गान्धीले मुस्कुराउँदै भने, ‘यो मेरो आफ्नै हातले तयार गरेको हुँ र यो मेरातर्फबाट तपाईंलाई बिदाइ उपहार हो ।’ स्टमसले प्याकेट खोले । त्यसमा सुन्दर एकजोर चप्पल थिए । गान्धीले आर्फैले तयार गरेको चप्पल देख्दा उनी छक्क परे ।

वर्षौँपछि गान्धीको जन्मदिनमा स्मटसले एउटा पत्र पठाए, जसमा लेखिएको थियो, ‘तपाईंले आफ्नै हातले तयार गरेर उपहार दिएको चप्पल अझै पनि गर्मीको समयमा लगाउछु । तर कुनै पनि कोणबाट आफूलाई सो चप्पल लगाउन योग्य पात्र भने ठान्न सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.