३० भदौं, काठमाडौँ : रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान र भारतको रोटरी डिस्ट्रिक्ट ३२३२ चेन्नेई अन्तरगतका ३४ वटा क्लबबीचमा नेपालमा करिब एक हजारको संख्यामा सामुदायिक तथा सरकारी विद्यालयमा छात्राका लागि शौचालय निर्माणको सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित सम्झौता समारोहमा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२३२ चेन्नेईका डिस्ट्रिक्ट गभर्नर डा. एन नन्दकुमारको उपस्थितिमा रोटरी क्लब अफ काँकरभिट्टा लगायत दुबै तर्फका २३ वटा क्लबले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टाको तर्फबाट अध्यक्ष सुजन प्रधानले हस्ताक्षर गर्नुभएको थियो भने शुक्रबार पोखरामा बाँकी ११ वटा क्लबसँग हस्ताक्षर हुनेछ ।

सम्झौताअनुसार भारतको रोटरी डिस्ट्रिक्ट ३२३२ चेन्नेई अन्र्तगतका क्लबले नेपालका क्लबलाई शौचालय निर्माणको ४० देखि ५० प्रतिशतसम्मको रकम सहयोग गर्नेछन भने नेपालका क्लबले पनि त्यत्तिकै रकम लगानी गर्नेछन् । परियोजना सम्पन्न गर्दा रकम अपुग भएको खण्डमा डिस्ट्रिक्टले उनीहरुलाई थप सहयोग गर्नेछ ।
दुई देशका दुई रोटरी डिस्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नरकै उपस्थितिमा यति धेरै संख्याका क्लबहरुका बीचमा परियोजना सम्पन्न गर्ने सवालमा सम्झौता भएको सम्भवत पहिलो हुन सक्ने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले बताए ।
गभर्नर राजभण्डारीले यो एउटा ऐतिहासिक शुरुवात भएको र यस्ता परियोजना भोली खानेपानी, वातावरणीय सरसफाई लगायतका रोटरीले प्राथमिकतामा राखेका सातवटै क्षेत्रमा गर्न सकिने बताए ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले सरकारी तथा सामुदायिक विद्यालयमा करिव एक हजारको संख्यामा बालिका शौचालय निर्माण गर्ने लक्ष्य राखेको गभर्नर राजभण्डारीले बताए ।
डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नरका रुपमा रहेका गभर्नर राजभण्डारीको बालिका शौचालय निर्माण र बालिका शिक्षाको लक्ष्यमा आफ्नो डिस्ट्रिक्टबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता डिस्ट्रिक्ट ३२३२ चेन्नईका गभर्नर डा.एन नन्द कुमारले व्यक्त गरेका थिए ।
यो केबल शौचालय निर्माण गर्ने सम्झौता मात्र नभएर दुई देश, दुई सामाजिक संस्था र नागरिकबीच भावनात्मक सम्बन्ध विस्तारको ऐतिहासिक क्षण भएको दुबै डिस्ट्रिक्टका गभर्नरहरुले कार्यक्रममा बताएका थिए ।
दुई डिस्ट्रिक्ट र अन्तरक्लबका बीचमा शुरु भएको सहयोग र सहकार्यको परम्परा लामो समयम्म जाने अपेक्षा समेत आफुहरुले गरेको दुबैतर्फका वक्ताहरुले कार्यक्रममा गरेका थिए ।
रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्सले गरेको इमाजिन रोटरीको परिकल्पना नेपाल र भारतका ३४ रोटरी क्लबबीचको सम्झौताबाट पनि पुष्टि भएको बताए ।

पहिला कल्पना गरौ, सपना देखौ अनि गरिएको कल्पना र देखिएको सपनालाई भेटाउन त्यही अनुसार अगाडि बढे त्यो कल्पना अनि सपना साँच्चिकै साकार हुन्छ भन्ने जीवन्त उदाहरण आजको यो उपस्थिति अनि यो ऐतिहासिक सम्झौता हो, डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले भने ।
शौचालय निर्माणको परियोजना एक महिनाभित्र शुरु हुनेछ भने सम्पन्न गर्न करिव ४ देखि ६ महिना लाग्ने अनुमान गरिएको छ ।