रोटरीको ‘डिष्ट्रीक्ट कन्फ्रेस’ भोलिदेखि मेचीनगरमा

A notice in Nepali from Mechinagar Ward No. 10

१७ चैत्र, मेचीनगर : ‘परिवर्तन नै विकासको सोपान हो’ भन्ने मुल उद्देश्यका साथ रोटरी इन्टरनेशनल, रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानको १४औँ डिष्ट्रीक्ट कन्फ्रेस भोलिदेखि मेचीनगरमा सुरु हुँदैछ ।
बिहीबार आयोजक संस्था रोटरी डिष्ट्रीक्ट ३२९२ ले मेचीनगरको होटल मेची क्राउनमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएका हुन् ।

शुक्रबारदेखि सुरु हुने १४औँ डिष्ट्रीक्ट कन्फ्रेस आइतबार समापन हुनेछ । रोटरी डिष्ट्रीक्ट ३२९२ मा १६१ क्लबहरु रहेका छन् । त्यसमा ६ हजार सदस्य आवद्व रहेको बताइएको छ ।

कन्फ्रेसमा सामाजिक सेवाका विषयमा छलफल, निर्वाचन कार्यक्रम र मनोरञ्जनका गतिविधि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कन्फ्रेसमा १ हजार भन्दा बढी रोट्रियनहरुको सहभागिता हुने जनाइएको छ ।

शुक्रबार, शनिवार र आइतबारसम्म मेची क्राउनमा हुने डिष्ट्रीक्ट कन्फ्रेसका लागि आठ वटा डिष्ट्रीक्टका रोट्रियनहरु भ्mापा आइसकेका छन् । उनीहरुको खान बस्नका लागि होटल मेची क्राउन, काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा लगायतका राम्रा होटलमा व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

रोटरीले यसअघिदेखि नै सात वटा विषयमा केन्द्रीत भएर समाज सेवा गर्दै आइरहेको छ । जसमा शान्ति स्थापना र संघर्षको रोकथाम, बुनियादी शिक्षा र साक्षरता, रोगको रोकथाम र उपचार, पानी र सरसफाइ, सामजिक र आर्थिक विकास, मातृत्व तथा बाल स्वास्थ्य र पर्यावरणमा सहयोगका विषयहरु छन् ।

पत्रकार सम्मेलनमा रोटरी डिष्ट्रीक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रीक्ट गभर्नर सन्तोष रिजाल, पूर्व डिष्ट्रीक्ट गभर्नरहरु सञ्जीव गिरी, चिन्तामणि भट्टराई, बासुदेव गोलियन, जय राज्य लक्ष्मी शाह, डिष्ट्रीक्ट गभर्नर नोमिनि राजेन्द्र धोजु, डिष्ट्रीक्ट सचिव प्रभात योञ्जन, कन्फ्रेसका कार्यक्रम संयोजक वेनी गोपाल मुन्द्रा, सहसंयोजक कुमार गिरी, सचिव सुजन प्रधानले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.