नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्छौं : भारतीय प्रधानमन्त्री मोदी

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका छन् । उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका हुन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बिहीबार सम्बोधन गर्दै मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं ।’

मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै अझ धेरै बलियो बनाउने बताए । ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ,’ उनले भने ।

संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री दाहालले पनि सीमा समस्या समाधानको विषयमा बोले । उनले भने, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्यौं । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’

इकान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.