अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

१३ कार्तिक, काठमाडौँ :  सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले शनिबार (आज) स्वदेश फिर्ता गरिएको जानकारी दिएका हुन्।

अब अफगानिस्तानमा उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले भने‚ ‘आज ३२ जना नेपाली आउनु भएको छ। अब चाहिँ उद्धारको पर्खाइमा रहेका नेपालीको संख्या समाप्त भएको छ।’

अफगानिस्तानमा कोही नेपाली रहेका भए संयुक्त राष्ट्रसंघीय काममा रहेका हुन सक्ने उनले जानकारी दिए। आज नेपाल वायुसेवाको उडानमार्फत दुबईबाट २९ जना नेपाली आएको र यसअघि आजै बिहान ३ जना गरी ३२ जना नेपाली नेपाल फिर्ता गरिएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ नेपालीको यसअघि नै उद्धार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.