नेपाल-भारत सम्बन्धलाई भूराजनीतिबाट बाहिर निकाल्न रवि लामिछानेको ८ बुँदे प्रस्ताव

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । पाँचदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’ मा बदल्नुपर्ने प्रस्ताव गर्नुभएको छ। भारतको प्रतिष्ठित दैनिक पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो विशेष लेखमार्फत लामिछानेले दुई देशबीचको सहकार्यका लागि ८ बुँदे रणनीतिक प्रस्तावहरू अघि सार्नुभएको हो।

लामिछानेले कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्र मात्र नबनाई लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा रूपान्तरण गर्नुपर्ने तर्क गर्नुभएको छ। उहाँले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’ को संज्ञा दिँदै नयाँ पुस्ताले सुशासन र विकासको राजनीति रोजेको दाबी गर्नुभयो। भ्रमणको दोस्रो दिन आज उहाँले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

यी हुन् लामिछानेले अघि सारेका ८ प्रमुख प्रस्तावहरू:

१. सीमा विवाद समाधान: अतिराष्ट्रवादी भाषणको सट्टा ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत सीमा विवाद सधैँका लागि सुल्झाउनुपर्ने।

२. रक्सौल–काठमाडौँ रेलमार्ग: क्षेत्रीय सम्पर्क र व्यापारमा क्रान्तिकारी परिवर्तन ल्याउन १५० किलोमिटरभन्दा कम दूरीको यो परियोजनालाई द्रुत गतिमा अघि बढाउनुपर्ने।

३. सिधा हवाई उडान: पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरहरूमा सिधा हवाई उडान सञ्चालन हुनुपर्ने।

४. डिजिटल करिडोर: सूचना प्रविधि र साना उद्यमीलाई सशक्त बनाउन ‘काठमाडौँ–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माण गर्नुपर्ने।

५. शैक्षिक तथा स्वास्थ्य संस्था विस्तार: भारतका प्रतिष्ठित प्रविधि र चिकित्सा संस्थाहरू जस्तै आईआइटी (IIT) र एम्स (AIIMS) नेपालमा स्थापना गरिनुपर्ने।

६. रासायनिक मल उद्योग: गुजरातको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमा क्षेत्रमा तत्काल संयुक्त लगानीमा रासायनिक मल उद्योग खोल्नुपर्ने।

७. एकीकृत ऊर्जा बजार: नेपालको जलविद्युत् क्षमतालाई भारतका औद्योगिक करिडोरसँग जोड्दै एकीकृत ऊर्जा बजार र आधुनिक एकीकृत जाँच चौकी (ICP) निर्माणमा जोड दिनुपर्ने।

८. खेलकुद कूटनीति (IPL सहकार्य): नेपाली खेलाडी मात्र नभई भविष्यमा नेपाली रङ्गशालाहरूलाई समेत आईपीएल (IPL) फ्रेन्चाइज संरचनासँग जोड्नुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.