महिला साफ : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२८ भदौं, काठमाडौँ : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ । मंगलबार दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा भारत वंगलादेशसँग पराजित भएपछि सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो ।

यसअघिका पाँचवटै संस्करणको बिजेता भारतसँग सेमिफाइनलमै खेल्नुपर्ने भएपछि घरेलु मैदानमा उपाधी जित्ने नेपालको सम्भावना कठिन बनेको छ । यसअघिका चार फाइनल खेलेको नेपाल चारै पटक भारतसँग पराजित भएको थियो  । नेपाल समूह ‘बी’ को बिजेताका रुपमा सेमिफाइनल पुगेको हो ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।

खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन ।

सेमिफाइनलमा बंगलादेशले समूह बी को उपबिजेता भुटानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.