काँकरभिट्टा मा.वि. एसएलसी ब्याच २०५० को अध्यक्षमा पराजुली

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, मेचीनगर : एसएलसी व्याच २०५० केभिटी मावि समितिको अध्यक्षमा पूर्व विद्यार्थी राजकुमार पराजुली सर्वसम्मत चयन भएका छन् ।

काँकरभिट्टा मावि २०५० सालका एसएलसी व्याचका पूर्व विद्यार्थीहरु मेचीनगरमा संगठित भएका हुन् ।

आज पतालगंगा धार्मिक तथा पर्यटकीय स्थलमा आयोजना गरिएको वनभोज कार्यक्रममा काँकरभिट्टा माविको सहयोगी संस्था गठन गरेको हो ।

विद्यालयको समग्र विकास, अक्षयकोष स्थापना र पूर्व विद्यार्थीहरुको हितमा योगदान दिनका लागि संस्था गठन गरिएको बताइएको छ ।

अध्यक्ष पराजुलीको नेतृत्वमा ११ जनाको कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा अञ्जु थापा, सचिवमा जितेन्द्र बुढाथोकी, सहसचिवमा शिवप्रसाद ढुंगाना र कोषाध्यक्षमा बविता पौडेल छन् ।

यस्तै, कार्यसमिति सदस्यहरुमा डम्बर खवास, पृतुराज गौतम, मनोज पौडेल, राजकुमार ओली, गोमा मैनाली र चन्दा भट्टराई छन् ।

यसैगरी सल्लाहकारमा काँकरभिट्टा माविका पूर्व प्रधानाध्यापक दिलिप अधिकारी, मोहन पाठक र भुवन सुब्बालाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.