१९ फागुन, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । स्ववियु निर्वाचनका लागि दल दर्ता गर्ने दिन विद्यार्थी संगठनहरु बीच विवाद हुँदा निर्वाचन समितिले सूचना टाँस गरेर निर्वाचन स्थगित भएको जनाएको छ । निर्वाचन समितिले क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम प्रकाशित भएकोमा असहज परिस्थिति सिर्जना भएकोले अर्को सूचना जारी नभए सम्मको लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिं संयोजक हेमकुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा जानकारी दिइएको छ ।
निर्वाचन समितिले असहज परिस्थिति बताए पनि क्याम्पसमा कार्यक्रम गर्न दिने नदिने विषयमा नेविसंघ र अनेरास्ववियु बीच विवाद भएको बुझिएको छ ।
विद्यार्थीं संघ/संगठनहरु बीच वार्ताद्वारा सहमति भए निर्वाचन कार्यक्रम पुनः सुचारु गरिने निर्वाचन समिति संयोजक हेमकुकार खड्काले बताउनु भयो ।
हेर्नुहोस् सूचना:





















