ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको कार्यालय भवनको शिलान्यास

A notice in Nepali from Mechinagar Ward No. 10

६ भदौ, काँकरभिट्टा : ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज (बुधबार) शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए ।

मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका(६ स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब २ कठ्ठा क्षेत्रफलमा कूल रु १५ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।

शिलान्यास समारोहमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुुक्ति पौडेलले काँकरभिट्टालाई सुन्दर र व्यवस्थित सहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

भवन निर्माण समितिका अध्यक्ष पौडेलले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपुर्ण सहयोग पुग्ने धारणा राखेका थिए ।

केहि दिन अघि सर्वदलिय उपस्थितिबाट कार्यालय भवन निमार्ण गर्ने सहमति भएको थियो ।

समारोहमा भवन निर्माण समितिका सल्लाहकार तथा प्रज्ञा सदस्य सुभ्रदा भट्टराई अर्याल, आर्थिक संयोजक सुबास गुरुङ, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव प्र।ना।नि लिलाकुमार श्रेष्ठ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मिरा कार्की, सुरेश श्रेष्ठ (गोपाल), मोहन रिजाल, दिनेश पोख्रेल, प्रविण थापा, सञ्जय तामाङ, होम विष्ट, प्रहरी सहायक हवल्दार प्रकाश अधिकारी, स्थानीयवासी भुमीलाल भेटवाल र शम्भु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.