संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ विमोचन

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, काठमाडौँ : संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ विमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बीच योगेन्द्रका तीन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ विमोचन गरिएको हो । सार्वजनिक तीनवटै एल्वमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।

प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, विशिष्ट अतिथि  वरिष्ठ गायिका ज्ञानु राणा, विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह,  वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य  एवम् वरिष्ठ संगीतकार टिका भण्डारी, गायक शिव परियार,  रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक वरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ । योगेन्द्रले आफूले सिकेको संगीतका विभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तीनवटै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।

सार्वजनिक एल्वमको समिक्षा गर्दै प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गरेका छन् । उनले एउटै संगीतकारले भर्सटायल रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए । आफूले तीनवटै एल्वमका गीत सुनेको भन्दै उनले योगेन्द्रलाई अब्बल संगीतकारको सूचीमा राखेको पनि जनाए । संगीतका १२ सुर हुने र त्यसलाई सही प्रयोग गर्न रागको ज्ञान हुनुपर्ने भन्दै त्यो योगेन्द्रमा पाएको बताए । योगेन्द्र नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको दिप श्रेष्ठको भनाई छ ।

यस्तै वरिष्ठ गायिका ज्ञानु राणाले योगेन्द्रले विभिन्न जनराका गीतमा उत्कृष्ट संगीत दिएको बताइन् । आफु योगेन्द्रको स्वरको पहिले देखि नै प्रशंसक भएको भन्दै उनले सार्वजनिक एल्वमका गीत सुनेपछि  संगीतको पनि प्रसंसक भएको जनाइन् । यस्तै वरिष्ठ संगीतकार राजु सिंहले योगेन्द्रका गीत सुन्दा उनलाई संगीतका परिपक्क खेलाडीका रुपमा आफूले पाएको जनाए ।

रेडियो नेपालका बोर्ड सदस्य एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार भएको भन्दै उनको संगीतकर्म पनि ‘ए’ ग्रेडकै रहेको उल्लेख गरे । २०६८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । २०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो । गायक, गीतकार तथा संगीतकारहरुलाई रेडियो नेपालले प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट भएकाहरुको मुल्याङकन गरि ग्रेडिङ गर्ने हुँदा योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार भएको संगीतकार टिका भण्डारी जनाएका छन् ।

यस्तै  गायक शिब परियारले पछिल्लो समय एल्बम विमोचनको परिपाटी लगभग हराइसकेको भए पनि योगेन्द्रले त्यसलाई पुर्नजिवित बनाएको बताए । एल्बम विमोचनको यो पलमा उपस्थित हुन पाउदा खुसी लागेको भन्दै शिवले युगले सम्झिने संगीतकारका रुपमा योगेन्द्रलाई चित्रण गरे ।

यता योगेन्द्रका गीत सुन्दा उत्कृष्ट सृजनालाई मर्न दिनुहुन्न भन्ने सोचका साथ उनका तीनवटै एल्वम उत्पादन तथा वितरणको जिम्मा लिएको डश म्युजिकका कार्यकारी निर्देशक शंकर थापा ‘स्माइल’ले जनाएका छन् । आफूले पनि एउटा गीतमा स्वर दिएको भन्दै स्माइलले योगेन्द्रको संगीतको आफू प्रशंसक भएको जनाए ।

यस्तै रोयल्टी संकलन समाजका महासचिव बि पाण्डेले योगेन्द्र सृजनाका धनी भएको जनाए । उनका सृजना आम स्रोताको मन छुने खालका भएको भन्दै त्यसले सकारात्मक प्रतिफल दिने विश्वास राखे । डिजिटल लगायत विभिन्न प्लेटफर्महरुबाट प्राप्त हुने रोयल्टीले अब श्रष्टा बाच्न सक्ने अवस्था आएको भन्दै उनले योगेन्द्रका गीतको रोयल्टीको अधिकार आफ्नो संस्थाले सुरक्षित गर्ने पनि बताए ।

योगेन्द्र उपाध्याय शास्त्रीय सङ्गीतमा कलाचार्य (‘एम्युज’) हुन्। रेडियो नेपालबाट आयोजीत राष्ट्रव्यापी गायक प्रतियोगितामा गायन तृतीय, द्वितीय र सङ्गीतमा प्रथम उत्कृष्ट भइसकेका सङ्गीतकार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.