डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार शिवाकोटीलाई ,उदयीमान विष्णु र गंगालाई

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, झापा : नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ ।

पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पांच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा आज सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बिगत २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् ।

आगामी साउन २७ गते महासंघको २३ औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ सहित ताम्रपत्र रहेको छ ।

त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा संवाददाता विष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा माया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ .।  उक्त पुरस्कारको राशी जनही पाँचहजार सहित प्रसंशा पत्र रहेको छ ।

२०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, मदन ढकाल, रमेश समदर्शी राई, माधब बिद्रोही, इन्द्रसिंह राजवंशी र कमन देवान पुरस्कृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.