स्काउट एडभान्स तालिम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१२ भाद्र, झापा : नेपाल स्काउट प्रदेश नम्बर १, प्रदेश स्काउट कार्यालयको आयोजनामा सञ्चालित नेपाल स्काउटको ४८ औं उडव्याज तथा ४० औं गल्र्स स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ ।
मोरङ्गको सुन्दरहरैचा नगरपालिका स्थित इन्द्रपुर जेसिज भवनमा मिति २०७९ साल भाद्र ६ देखि भाद्र १२ सम्म सञ्चालित तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रदेश नं. १ प्रदेशसभाका सभामुख माननीय प्रदिपकुमार भण्डारी हुनुहुन्थ्यो । वहाँले तालिममा सहभागी प्रदेश १ का १४ वटौ जिल्लाका स्काउटरहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिमका कोर्ष लिडरहरुमा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक बिजेन्द्र ध्वजु र महिला तर्फ राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी हुनुहुन्थ्यो ।
सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु बिजेन्द्र ध्वजु, निर्मला अधिकारी, सहायक राष्ट्रिय प्रशिक्षकहरु अरुण वस्नेत, शिवानी देवान, नवलप्रसाद उपाध्यय, रविन्द्र वासुकला, योगेश हाडा, शिवानी देवान, मौसमी गुरुङ्ग लगायतले सो तालिममा स्काउटिङ्गका विभिन्न विषय वस्तुम तालिम प्रदान गर्नुभएको थियो।

नेपाल स्काउट, प्रदेश नं। १ का संयोजक रवि खनालको अध्यक्षतामा भएको तालिमको समापन सत्रका प्रमुख अतिथि प्रदेश नं. १ प्रदेशसभाका सभामुख माननीय प्रदिपकुमार भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको टिप्पणी गर्नुभयो । स्काउट शिक्षाले विद्यालयतहका बालबालिकाहरुलाई असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट तालिम आवश्यक रहेको वहाँले बताउनु भयो ।

स्काउट एडभान्स तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै प्रदेश स्काउट कार्यालयले तालिमको आयोजना गरिएको प्रदेश १ का संयोजक रवि खनालको जोड रहेको थियो । वहाँले तालिम सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भयो ।

प्रदेश नं। १ का स्काउटरहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नेपाल स्काउट प्रदेश नं। १ तदर्थ समिति सदस्य हेमन्त भण्डारीले स्वागत तथा नेपाल स्काउट प्रदेश स्काउट कार्यालय प्रदेश नं. १ का कार्यालय प्रमुख नवराज घिमिरेले सञ्चालन गर्नुभएको थियो भने नेपाल स्काउट प्रदेश नं। १ संयोजक रवि खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.