आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

माओवादीसहित मन्त्रिमण्डल विस्तारको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री पदमा नियुक्ति पाएका थिए। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा कार्कीले विश्वासको मत लिने भएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८ को २ बमोजिम मुख्यमन्त्री हुनेले धारा १६८ को ४ बमोजिम पदमा नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र एकीकृत समाजवादीले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा अहिलेसम्म निर्णय गरिसकेका छैनन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धप थापाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा विपक्षमा उभिने भन्ने निर्णय गर्न अहिले बिहान ११ बजे दलको बैठक बसेर निर्णय गर्ने बताए।

उनले प्रदेश १ को उपसभामुख उठाउने विषयमा पनि सोही बैठकले निर्णय गर्ने जानकारी दिए।

यता एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताए। पार्टीका प्रदेश र केन्द्रसँग यस विषयमा छलफल गरेपछि मात्र दलले यस विषयमा निर्णय लिने उनको भनाइ छ।

मुख्यमन्त्री पद पाँच वर्ष नै एमालेलाई दिने निर्णयप्रति असन्तुष्ट नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छैन। तर हिजो (बिहीबार) मात्र माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारमा जाने निर्णय गरिसकेको छ।

मुख्यमन्त्री कार्कीले कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत नदिए पनि बहुमत पुग्ने अवस्था छ। उनका पक्षमा यसअघि नै ६० सांसद छन्। विश्वासको मतका लागि न्यूनतम ४७ मत मात्र चाहिन्छ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। जसमा माओवादी केन्द्र पनि सहभागी हुनेछ।

माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्री बनाउने तयारी छ। आर्चाय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्।

त्यस्तै एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राजभण्डारी सहभागी हुने बताइएको छ।

मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.