कोशी प्रदेशमा जेन-जी आन्दोलन : १० को मृत्यु, पाँचको सनाखत हुन बाँकी

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : ‘जेन-जी’ आन्दोलनको क्रममा कोशी प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २३ र २४ गते भएको घटनाक्रममा १० जनाको मृत्यु भएको हो।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार, मृत्यु भएकामध्ये पाँच जनाको पहिचान खुल्न बाँकी छ। धरानको भाटभटेनी सुपरमार्केटमा ४ जना र विराटनगरको भाटभटेनीमा १ जनाको शव जलेको अवस्थामा फेला परेकाले उनीहरूको सनाखत गर्न चुनौती देखिएको पोखरेलले बताए। अहिलेसम्म कुनै पनि परिवारले शव हराएको भन्दै दाबी गरेका छैनन्।

पहिचान खुलेका मृतकहरूमा झापाको अर्जुनधाराका ३० वर्षीय गोपाल सेढाई, ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारी रहेका छन्। त्यस्तै, इटहरीमा २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारको पनि मृत्यु भएको पुष्टि भएको छ।

आन्दोलनमा ११४ भन्दा बढी प्रहरी घाइते भएका छन्, जसमध्ये एक जनाको आईसीयूमा र तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

धरान र विराटनगरको भाटभटेनीमा लुटपाटपछि आगजनी भएका कारण शवको अवस्था निकै भयावह रहेको प्रहरीको भनाइ छ। पोखरेलले भत्किएका भौतिक संरचनाको भग्नावशेष र आगोमा परेकाले शवको पहिचानका लागि फरेन्सिक जाँच र डीएनए परीक्षण आवश्यक रहेको बताए।

केन्द्र सरकारले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र उनीहरूको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। कोशी प्रदेश प्रहरीले पहिचान खुलेका मृतकका परिवारलाई सरकारको घोषणाअनुसार सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ। तर, भाटभटेनीमा फेला परेका शवको पहिचान नखुलेका कारण उनीहरूको हकमा भने यो प्रक्रिया अगाडि बढाउन कठिन भएको छ।

यस घटनाले कोशी प्रदेशमा आन्दोलनको गहिराइ र त्यसले निम्त्याएको त्रासदीपूर्ण परिस्थितिलाई उजागर गरेको छ, जसको पूर्ण विवरण आउन अझै केही समय लाग्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.