प्रेरक प्रसंग : राजा र शिक्षकको दुःख

A notice in Nepali from Mechinagar Ward No. 10

आफ्नो शौर्यको बलमा सिंगो भारतमा मौर्य साम्राज्यको ध्वजा फहराउन सफल चन्द्रगुप्तले राज्याभिषेकपूर्व आफू राजा बन्न अनिच्छुक भएको बताए । यो सुनेपछि उनका मुख्यमन्त्री तथा गुरु चाणक्य उनीसामु उपस्थित भए र प्रश्न गरे, चन्द्रगुप्त तिमी मगधका सम्राट बन्न अनिच्छुक छौ भन्ने सुन्दै छु । के यो सत्य हो ?’ चन्द्रगुप्तले शिर झुकाएर जवाफ दिए ‘हजुरले ठिक भन्नुभयो गुरुदेव’ चाणक्यले प्रश्न गरे, ‘आखिर किन ? के समस्या भो सम्राट बन्नमा ?’

चन्द्रगुप्तले जवाफ दिए, ‘जहिले देखि म यहाँ आएँ, आफ्नो इच्छाले सास समेत लिन सकेको छैन । हजुरले त मलाई एउटा चक्रवर्ती साम्राज्यको सम्राट बन्ने सपना देखाउनु भएको थियो । तर अहिले आएर मैले सम्राट बन्नु भनेको तलव लिने दासभन्दा बढी केही होइन रहेछ भन्ने बुझेँ । त्यसैले म यो पद छाड्न चाहन्छु ।’ चन्द्रगुप्तको गुनासो सुनेपछि चाणक्यले भने, तिमीले ठिक बुझ्यौ । सम्राट भनेको तलवी कर्मचारी बाहेक केही होइन ।

’चन्द्रगुप्तले जवाफ दिए, त्यसोभए यो साम्राज्य तपाईं आफैसित राख्नुहोस् मलाई कुनै सम्राट बन्नु छैन ।’ चाणक्यले प्रश्न गरे‘, ‘त्यसोभए तिमीलाई सुखी बन्नु छ होइन त चन्द्रगुप्त ?’ चन्द्रगुप्तले सोधे, ‘के सम्राट सुखी बन्नु हुँदैन र ?’
चाणक्यले गम्भीर हुँदै भने, ‘जबसम्म तिम्रो राज्यमा एकजना व्यक्ति मात्रै पनि भोकै रहन्छ, के त्यतिखेर तिमी सुखी रहन सक्छौ ? शिक्षक र सम्राटको भाग्यमा सुख हुँदै हुँदैन । के तिमीलाई सम्झना छैन ? मैले तिमीलाई साम्राज्य दिने वचन दिएको थिएँ सुख होइन ।

के जनताको हितमै राजाको हित हुन्छ भन्ने तिमीले भुल्यौ ? तिमी आफू सुखी बन्न चाहन्छौ भने जनतालाई सुखी बनाऊ । तिमीले साम्राज्य त आर्जन गर्यौ, अब सुख आर्जन गर्ने मार्ग तिम्रै हातमा छ । त्यसलाई कसरी आर्जन गर्ने, यसबारे गम्भीर भएर अहिल्यैदेखि सोच्न थाल ।’
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.