श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिको नाफा १ करोड २४ लाख ५५ हजार ७ सय ६१ रुपैयाँ

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मेचीनगर, मंसिर : झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. गत आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २४ लाख ५५ हजार ७ सय ६१ रुपैयाँ खुद नाफा गरेको छ ।

झापाको मेचीनगरमा बुधबार सम्पन्न संस्थाको १४ औँ वार्षिक साधारण सभा तथा दोस्रो एकीकरण सभाका अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ५७ लाख २० हजार ३ सय ७० रुपैयाँ खुद नाफा गरेको उल्लेख छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ३० लाख १ हजार ५ सय रुपैयाँ खुद नाफा गर्ने लक्ष्य संस्थाले लिइएको छ ।

संस्थाको तीन आर्थिक वर्षको सुक्ष्म विश्लेषणमा शेयर, निक्षेप, ऋण लगानी, कुल कोष, सदस्य संख्या, खुद नाफा, बचत संकलन, बचत फिर्ता, ऋण सदस्य संख्या, आयकर व्यवस्था तथा ऋण असुलीमा समेत वृद्घि भएको छ । यी सबै शीर्षकमा संस्थाले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ५२ करोड, ६० लाख ११ हजार ६ सय ४८ रुपैयाँको कारोबार गरेको थियो । तर, गत आथिक वर्ष २०७७/०७८ मा यी सबै कारोवार बढेर ६ अर्ब २९ करोड ३१ लाख ७१ हजार ९ सय ७५ रुपैयाँमा कारोबार पुगेको छ ।

गत आर्थिक वर्षमा संस्थाले विभिन्न शीर्षकमा १९ लाख ९ हजार ५ सय ८८ रुपैयाँ राज्यलाई कर बुझाएको उक्त प्रतिवेदनमा उल्लेख छ । २७ जना शेयर सदस्यहरुबाट १ लाख ३० हजार शेयर पूँजीबाट शुरु संस्था यहाँसम्म आइपुग्दा शेयर सदस्य ३७ हजार ३ सय १८ जना र शेयर पूँजी १२ करोड १४ लाख ६९ हजार ९२ रुपैयाँ सफल भएको छ । अनि गत आर्थिक वर्षमा संस्थाले ६ अर्ब ७० करोड ३६ हजार १ सय ४ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न शीर्षकमा राहत प्रदान गर्ने गरेको साधारण सभामा बताईको छ । अध्यक्ष वस्नेतका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ८५ जनालाई ३ लाख ६९ हजार ५ सय रुपैयाँ प्रसूति राहत, ३३ जनालाई १३ हजार २ सय रुपैयाँ बालबचत जन्मदिन केक, १ सय ४१ जनालाई दुःखद अवसान राहत १३ लाख ५४ हजार ५ सय ५० रुपैया, ४ जनालाई १० हजार ८ सय एकल महिला पुरुष तथा ज्येष्ठ सदस्य राहत तथा ९ जनालाई सदस्य स्वास्थ्य राहत ४५ हजार गरी कुल २ सय ७२ जनालाई १७ लाख ९३ हजार ५० रुपैयाँ रकम प्रदान गरिएको छ ।

मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा जनप्रतिनिधि सावित्रा ल्वागुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, संस्थाका मेचीनगर संयोजक सुरेन्द्र बुडाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.