‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’महासाँगितीक यात्रा शुक्रबारबाट सुरु राजेश हमालदेखि मुख्यमन्त्री राईले समेत नाचे

A notice in Nepali from Mechinagar Ward No. 10

२४ मंसिर, मेचीनगर : ‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’ महासाँगितीक यात्रा शुक्रबारबाट सुरु भएको छ । ‘स्वस्थ्य र संमृद्धिका लागि’ भन्ने मुख्यः श्लोग्न सहित गृष्मा ब्रोडकाष्टिङ्ग देशभरका सातवटै प्रदेशमा आयोजना गरेको ‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’महासाँगितीक यात्रा १ नम्बर प्रदेशको झापाको काँकरभिट्टाबाट शुरु भएको हो ।

यात्रामा सातवटै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कलाकारले सहभागिता जनाएका छन् । कलाकारको नेतृत्व महानायक राजेश हमालले गर्नुभएको छ । सातवटा प्रदेशका अलग अलग स्थानमा फरक फरक मितिमा हुने ‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’ महासाँगितीक यात्रामा सहभागी कलाकारहरुले आ आफ्नो प्रस्तुती दिने छन् ।

काँकरभिट्टामाबाट सुरु भएको ‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’ महासाँगितीक यात्राको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख (प्रमुख जिल्ला अधिकारी ) श्रवणकुमार तिम्सिना, महानायक राजेश हमालले संयुक्तरुपमा गर्नुभएको थियो । नेपाल प्रहरीको व्याण्ड, स्थानीय इष्ट होराइजन माविको व्याण्ड, नेपाल स्काउटसहित साँझ विभिन्न बाजागाजासहित कार्यक्रम स्थल बसपार्कमा टोली पुगेको थियो ।

स्थानीय इष्ट होराइजन माविका विद्यार्थीहरुले नृत्य द्वारा तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले शब्दद्वारा स्वगत गरेपछि कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री राईले १ नम्बर प्रदेश साँस्कृतिक, धार्मिक, आर्थिकलगायात विभिन्न दृष्टिकोणले धनी रहेको बताउँदैं आफ्नो प्रदेशमा यतिका राष्ट्रिय कलाकारको उपस्थिती र यतिको कार्यक्रमले अझ बढी चिनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कलाकारहरुलाई जस्तोसुकै सहयोग गर्ने बताउनुभयो ।

गृष्मा ब्रोडकाष्टिङ्गका प्रमुख गेहेन्द्र घिमिरेको सभापतित्वमा र समुदाय प्रहरी साझेदारीको व्यनारमा भएको कार्यक्रममा नेपाल प्रहरीका कलाकारले समेत नृत्य र चेतनामुलक नाटक प्रस्तुत गरेका थिए । लागूऔषधका कारण हुने असर त्यसबाट उत्पन्न समस्यालगायतका कुरालाई कलाकारहरले नाटकको माध्यमबाट प्रस्तुत गरेका थिए ।

अस्मिता अधिकारीले आफ्नो साँगितीक गीत पस्केर संगीतमय बनाएकी थिईन् । उनले आफ्ना तीनवटा गीत गाईन् । कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्रले अंग्रेजी भाषाका कारण नेपाली भाषा ओझेलमा परेको भन्दैं तीखो व्याङ्ग गरे । उनले यो देशका हरेक नागरिक आफै स्वास्थ्य हुने र मुलुक संमृद्ध बन्न नेतामा भर पर्ने भएकाले मुख्यमन्त्री राईलाई त्यसतर्फ सकरात्मक बन्न आग्रह गरे ।

लोकप्रिय कार्यक्रम प्रस्तोता नरेश भट्टराई, विवके खतिवडा र निता प्रधानले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा महानायक राजेश हमाल, लोक गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीले आ-आफ्नो प्रस्तुती दिएका थिए ।

आजबाट सुरु भएको ‘टिभिएस रेडर सप्तरंग सिजन—३ ’ महासाँगितीक यात्रा पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.