खोज पत्रकारिता प्रशिक्षण शुरु

उठाउने विषय पत्रकारको नजरमा नपरेको नगरप्रमुख आचार्यको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

६ चैत, मेचीनगर :  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नेपाली सञ्चारमाध्यमले उठाउनुपर्ने थुप्रै विषयवस्तु भए पनि सञ्चारकर्मीले उठाउन नसकेको बताउनुभएको छ ।
सञ्चारमाध्यम र सञ्चारकर्मीको संख्या अत्यधिक भएपनि खोज्नुपर्ने र उठाउनुपर्ने विषय भने सञ्चारमाध्यम र सञ्चारकर्मीको प्राथमिकतामा नपर्नु दुखद भएको उहाँको भनाई थियो ।
आइतबारबाट झापाको मेचीनगरमा शुरु स्थानीय सरकारका सवालहरु विषयक दुईदिने खोज पत्रकारिता प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आचार्यले अब संख्यात्मकमा भन्दा पनि गुणस्तर समाचार लेखनमा सञ्चारकर्मीहरु लाग्नुपर्ने उहाँको भनाई थियो । सञ्चारकर्मीहरुको संख्या आवश्यकताभन्दा बढी भएको भन्दैं नगरप्रमुख आचार्यले समाचार भने कपि हुने गरेको टिप्पणी गर्नुभयो ।
सञ्चारकर्मीको संख्या मागभन्दा बढी रहेको चर्चा गर्दै नगरप्रमुख आचार्यले नेपाल प्रवेशको पहिलोद्वारकै राष्ट्रिय मुद्घा बन्ने र उठाउनुपर्ने विषय धेरै भएपनि ओझेल परेको उहाँको भनाई थियो । धेरे महत्वपूर्ण कार्यक्रममा सञ्चारकर्मीको उपस्थिती हुने भएपनि खास समयमा उठेर हिड्ने अनि समाचार चाँहि आफ्नै पाराले लेख्ने परम्परा रहेको भन्दैं यसको अन्त्यका लागि अब हरेक पत्रकारले खोज पत्रकारितामा लाग्नुपर्नेमा उहाँको जोड थियो ।
पत्रकारले हरेक विषयका समाचार खोज्नुपर्ने भएपनि अहिले प्रत्येक समाचारका विषयले पत्रकार खोज्ने गरेको उहाँको टिप्पणी थियो । मेचीनगर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ झापाको आयोजना भएको प्रशिक्षण सोमबारसम्म चल्ने र सहभागी पत्रकारलाई खोज पत्रकार सम्पादक मोहन मैनालीले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षणमा झापा मेचीनगर नगरपालिका र बुद्घशान्ति गाउँपालिकामा कार्यरत पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको प्रशिक्षणमा ३० जना पत्रकारको सहभागिता रहेको महासंघ झापा शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रेस चौतारी झापाका इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य मोहनकाजी, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो । शाखा सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले स्वागत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.