स्काउट बीटीसी-पीटीसी तालिम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१० चैत, भद्रपुर : पछिल्लो केही वर्षयता सुस्ताएको स्काउट गतिविधिलाई क्रियाशील गराउने उद्देश्यले झापाको भद्रपुरमा स्काउट स्वयम्सेवकहरुलाई आवश्यक तालिम प्रदान गरिएको छ ।

भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भद्रपुरको शैक्षिक तालिम केन्द्रमा नयाँ तथा पुराना स्काउटरहरुलाई बीटीसी तथा पीटीसी तालिम प्रदान गरिएको भद्रपुर नगर स्काउट तदर्थ समितिका संयोजक विवेक चौलागाईंले जानकारी दिनुभयो । चैत ५ गते शुरु भएको आवासीय तालिम बिहीबार दीक्षान्त समारोहका बीच समापन गरिएको पनि चौलागाईंले जानकारी दिनुभयो ।
सहभागीहरुलाई ४७८ औं बीटीसी कोर्ष लिडर तथा १ नं प्रदेश स्काउट तदर्थ समितिका सदस्य अरुण वस्नेत र ३५० औं पीटीसी कोर्ष लिडर शिवानी देवानले प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख तथा स्थानीय स्काउट संरक्षक जीवनकुमार श्रेष्ठ र उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख चन्द्रा श्रेष्ठले प्रमाणपत्र वितरण गनरेका थिए । समापनमा स्काउटको राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र धोँजु, १ नं प्रदेश तदर्थ समितिका संयोजक रवि खनाल, राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेल, राष्ट्रिय सहायक प्रशिक्षक गंगाराम राईलगायतको उपस्थिति थियो । कार्यक्रम स्थानीय स्काउट तदर्थ समितिका सदस्य भगिरथ नेपालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.