नेपाल स्काउटको ३५५ औं पिटिसि तथा ४८६ औं विटिसि तालिमको बुद्धशान्तिमा उद्घाटन

A notice in Nepali from Mechinagar Ward No. 10

१७ वैशाख, बुद्धशान्ति : नेपाल स्काउटको ३५५ औं पिटिसि तथा ४८६ औं विटिसि तालिमको उद्घाटन सम्मन्न भएको छ । बुद्धशान्ति स्काउट कार्यालयद्वारा आयोजित तालिमको उद्घाटन् बुद्धशान्ति गाउपालिकाका शिक्षा अधिकारी कमलप्रसाद निरौंलाले गर्नुभएको थियो ।

७ दिनसम्म चल्ने तालिममा बुद्धशान्तिका विभिन्न विद्यालयका १८ जना पुरुष शिक्षक तथा २१ जना महिला शिक्षकहरुको सहभागीता रहेको छ । विद्यार्थीहरुलाई अनुशासित, कर्तव्यपरायण र स्वयम्सेवी बन्न प्रेरित गर्न व्यवहारिक ज्ञान प्रदान गर्ने नेपाल स्काउट देशकै सबैभन्दा धरै सदस्य भएको एक स्वयम्सेवी संस्था हो । बुद्धशान्ति गाउँपालिकाका शिक्षा अधिकारी कमलप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक भूवन सुब्बा र शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकृत छवि ढकाल हुनुहुन्थ्यो ।

कार्यक्रममा  नेपाल स्काउट प्रदेश १ का सदस्य केसी श्रेष्ठ, मेचीनगगर नगरपालिकाका स्काउट संयोजक रीता थापा, गडिगाउँ मा.विका प्रधानाध्यापक घनश्याम आचार्य, राष्ट्रिय रमणीय माविका प्रधानाध्यापक कालीप्रसाद रिजाल, राष्ट्रिय सहप्रशिक्षक भगिरथ राई, स्काउटर दुर्गाबहादुर लुइटेल, प्रदेश स्काउट कार्यालयका कर्मचारी कुशेश्वर राय, बुद्धशान्ति स्काउटका सल्लाहकार डिल्लीप्रसद नेपाल, शिवसताक्षीका डिगम पराजुलीको उपस्थिति रहेको थियो ।

तालिको पुरुष तर्फको कोर्ष लिडर गंगाराम राई र महिला तर्फको कोर्ष लिडर सिवानी देवान रहनु भएको छ । तालिममा प्रशिक्षकहरु नारायण श्रेष्ठ, सुष्मा सुब्बाको सहजीकरण रहनेछ । बुद्धशान्ति गाउँपालिकाका स्काउट संयोजक मन्जिल पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन स्काउटर एवम् बुद्धशान्ति स्काउटका सचिव शिवप्रसाद पौडेलले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.