एमाले जिल्ला सदस्य कांग्रेसमा प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

१४ चैत, बिर्तामोड  : नेकपा एमालेका जिल्ला सदस्य एवं जनप्रतिनिधि इन्द्र अधिकारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुद्धशान्ति–३ स्थित रामजानकी मन्दिरमा आयोजित वडास्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा नेकपा एमालेका पूर्व जिल्ला सदस्य इन्द्र अधिकारी र सूर्य अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् । प्रवेशी दुवैलाई नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले खादा र अविर लगाएर कांग्रेसको साधारण सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।
नेकपा एमाले साविक शान्तिनगरको ३ कार्यकालसम्म अध्यक्ष एवं बुद्धशान्ति गाउँ कमिटीको एक कार्यकाल अध्यक्षको जिम्मेवारी संहाल्दै जिल्ला सदस्य बनेका सामाजिक व्यक्तित्व इन्द्र अधिकारी कांग्रेसमा प्रवेश गरेका हुन् । बुद्धशान्ति–४ निवासी अधिकारी एमालेबाटै बुद्धशान्ति–४ का निर्वाचित जनप्रतिनिधि समेत हुन् ।
नेपाली कांग्रेस बुद्धशान्तिको आयोजनामा सम्पन्न अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस झापाका सभापति एवं प्रमुख अतिथि थेवेले टोल र वडा समिति बलियो भएमात्रै पार्टी बलियो हुने बताउँदै टोल र वडास्तरीय सशक्तिकरण कार्यक्रम तीब्र पार्न निर्देशन दिनुभयो ।
नेपाली कांग्रेस बुद्धशान्ति गाउँपालिकाका सभापति चक्र शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, २ क्षेत्रीय सभापति खगेन्द्र मैनाली, १ नं क्षेत्रीय सभापति इन्द्र बुढाथोकीलगायतले मन्तब्य राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टी संगठन, नीति, विचार र स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रशिक्षण दिनुभएको कार्यक्रममा अधिबक्ता भरत प्रसाईले एमसिसि भ्रम र यथार्थबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्वागत ३ न वडा सभापति चन्द्र कटुवालले गर्नुभएको कार्यक्रमको सञ्चालन राजेन्द्र अधिकारीले गर्नुभएको थियो ।
घर– घर जाऔ कांग्रेस जिताऔ अभियानलाई तीब्र बनाएको नेपाली काङ्ग्रेसले सोमबार अर्जुनधारा वडा नम्बर–५ मा बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ ।
अर्जुनधारा–५ का वडा सभापति गिताराज खड्काको सभापतित्व र १ नम्बर प्रदेश समितिी सदस्य रन्जिता कार्कीको प्रमुख आतिथ्य एवं जिल्ला सचिब कृष्ण हुमागाइको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपेन्द्र ढकाल, जिल्ला सदस्य एवं वडाका लागि जिल्ला प्रतिनिधि एलबहादुर गिरी, नगर सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राख्नुभयो । कार्यक्रममा जीवन थापा, डिल्लीराम सापकोटा, मदन बुढाथोकी, जयकुमार दाहाल, इन्द्रमणि पौडेल लगायतको आतिथ्य रहेको थियो ।
मिलन बस्नेतले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रमको सञ्चालन बसन्त बुढाथोकीले गर्नु भएको थियो । सोही भेलाले वडा घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । जीवन थापाको संयोजकत्वमा मस्यौदा समिति गठन भएको हो । भेलाले बुधकुमार राजवंशीको संयोजकत्वमा १७ सदस्यीय लोकतान्त्रिक खेलकुद संघ वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.